ओखलढुंगा– नेपाली कांग्रेस ओखलढुंगाको पूर्व जिल्ला उपसभापति हेम प्रसाद दाहाल र उनको धर्म पत्नी बेदुका दाहाल झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। ओखलढुंगाका मोलुङ गाउँपालिका २ लामी डाँडा निवासी दाहाल घर देखी २ सय मिटर अगाडी खनिउको रुखमा र श्रीमती बेदुका दाहाल घर देखी करिब ४० मिटर अगाडी सिरिसको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
इलाका प्रहरी कार्यालय रामपुरबाट नेपाल प्रहरीको टोली घटना स्थलमा पुगेर प्रारम्भिक अनुसन्धानको प्रक्रिया अगाडी बढाएको नेपाल प्रहरीले जनाएको छ।
दाहाल दम्पतीका १ छोरा र ५ छोरी गरी ६ सन्तान रहेका छन्। छोरा छोरी सबै जना अन्यत्रै रहेका र घटना स्थलमा आउने क्रममा रहेकाले छोरा छोरीहरु आई पुगे पछि मात्रै पोस्टमार्टम प्रक्रिया अगाडी बढाइने समेत जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
२०३१ साल देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका दाहाल क्षेत्रीय सभापति हुँदै जिल्ला उप सभापति समेत भएका थिए।