‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै - Chaitanya News
  • 2026-07-26
  • 06:13:43
  • आइतबार,साउन १०, २०८३
  • ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

    ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

    काठमाडौंं –  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार तीन खेल हुँदैछन् ।

    आइतबार च्यासल मैदानमा दिउँसो साढे दुई बजे न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लबबीच खेल हुँदा दशरथ रंगशालामा सोहि समयमै त्रिभुवन आर्मी क्लब र संकटा क्लब भिड्नेछन् ।

    यसैगरी, साँझ साढे ५ बजे साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ ।

    तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग यसपालि डबल राउण्ड रोबिनका आधारमा २५ जेठसम्म चल्नेछ ।