एमाले सत्ता बाहिर हुँदा झन् बलियो : उपमहासचिव ज्ञवाली - Chaitanya News
  • 2026-05-19
  • 23:29:57
  • मंगलबार,जेठ ०५, २०८३
  • एमाले सत्ता बाहिर हुँदा झन् बलियो : उपमहासचिव ज्ञवाली

    एमाले सत्ता बाहिर हुँदा झन् बलियो : उपमहासचिव ज्ञवाली

    तनहुँ– नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले सत्ता बाहिर हुँदा झन् बलियो भएको बताएका छन। एमाले तनहुँले बन्दीपुरमा आज गरेको जिल्ला कमिटी स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले सो कुरा बताए। एमालेको जनमत बढेकाले झन् बलियो भएको छ उनले भने।

    एमाले सरकार बाहिर हुँदा देशमा नयाँ अस्थिरता छाएकाले एमालेप्रति नै जनताले भरोसा गरेकाले पार्टी बलियो बनेको उहाँको भनाई छ। परिवर्तनलाई रोक्नका लागि यथास्थितिवादीले षडयन्त्र गरेकाले गठबन्धन भत्किएको उनले बताए। एमालेको सहयोगबाट प्रधानमन्त्री बनी गठबन्धनको सबैभन्दा बढी लाभ लिएको पुष्पकमल दाहाल प्रचण्डले नै गठबन्धनका सहयात्री दललाई धोका दिएको उनको आरोप छ। देश एमालेको नीति तथा सिद्धान्तमा अगाडि बढिरहेको उनले बताए। विश्व राजनीति नै मार्क्सवाद विचारधाराबाट अगाडि बढेको हुँदा त्यसको लिगेसी एमालेले मात्र बोकेको उनले दाबी गरे। हाल परिवर्तनकारी शक्ति र परिवर्तन विरोधी शक्तिको बीचमा शक्ति सङ्घर्ष चलिरहेको हुँदा त्यसलाई चिर्न एमाले सफल हुने उनले बताए।

    बुधबार र बिहीबार गरी दुई दिन बन्दिपुरमा हुने प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीसहित पार्टीका केन्द्रीय नेताहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। हाम्रो सिद्धान्त–मार्क्सवाद–लेनिनवाद र जबजको कार्यक्रम, समाजवादको आधार निर्माणको कार्यदिशा, पार्टीको प्रमुख नीतिहरू, नेपाली क्रान्तिको विशेषता, सीमा र आगामी बाटोसम्वन्धी प्रशिक्षण प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।