११ जना सदस्यले गरे एन्फा बैठक बहिस्कार - Chaitanya News
  • 2026-05-16
  • 20:25:57
  • शनिबार,जेठ ०२, २०८३
  • ११ जना सदस्यले गरे एन्फा बैठक बहिस्कार

    ११ जना सदस्यले गरे एन्फा बैठक बहिस्कार

    काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) का ११ जना सदस्यहरूले कार्यसमितिको बैठक बहिस्कार गरेका छन्।

    बुधबार एन्फा कम्प्लेक्समा बसेको बैठकमा उनीहरूले आफ्ना ६ वटा एजेन्डाहरू थप गर्न माग गरेका थिए। तर, त्यसलाई बेवास्ता गर्दै जबरजस्ती बैठक अघि बढाइएको भन्दै उनीहरू बैठकबाट बाहिरिएका हुन्। बैठकबाट बाहिरिनेमा उपाध्यक्ष कुमार केसी, दीपक खतिवडालगायत रहेका छन्।