आज प्रतिनिधि सभाको बैठक बस्दै, के छन् कार्यसूची ? - Chaitanya News
  • 2026-07-02
  • 10:33:55
  • बिहिबार,आषाढ १८, २०८३
  • आज प्रतिनिधि सभाको बैठक बस्दै, के छन् कार्यसूची ?

    आज प्रतिनिधि सभाको बैठक बस्दै, के छन् कार्यसूची ?

    काठमाडौँ– आज (बिहीवार) बिहान ११ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठकसिंहदरबारमा बस्ने भएको हो।

    आजको बैठकमा सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यसपछि बैठक व्यवस्थापन कार्यतर्फ प्रवेश गर्ने संसद् सचिवालयले जनाएको छ।

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्। उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएपछि मन्त्री गौतमले नै यसलाई पारित गरियोस् भनी प्रस्ताव गर्नेछिन्।

    यसैगरी अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिंग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, सभाको दोस्रो अधिवेशनको ३० औँ बैठकमा विभिन्न चार वटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ।