लोकसेवा उपयोगी सामग्री [५२] - Chaitanya News
  • 2026-06-05
  • 09:57:46
  • शुक्रबार,जेठ २२, २०८३
  • १. क्योटो प्रोटोकल कहिलेदेखि विश्वभर कार्यान्वयनमा आएको हो?

    A) सन् २००३ B) सन् २००४ C) सन् २००५ D) सन् २००६

    २. DNA को प्रयोग निम्न मध्ये कुन काममा प्रयोग हुन्छ?

    A) नयाँ औषधि र सुरक्षित खोपहरु उत्पादन गर्न B) वंशाणुगत रोगहरुको उपचार गर्न C) कृषि उत्पादन बढाउन र लागतदर घटाउन D) सबै हुन् ।

    ३. ओजन तह नाप्ने एकाइलाई के भनिन्छ?

    A. Dobson B. Euro-1 C. Joule D. Hertz

    ४. नेपालमा बसाँइसराईको अभिलेख राखि प्रमाण पत्र दिने निकाय कुन हो?

    A) जिल्ला समन्वय समिति B) जिल्ला तथ्याङ्क कार्यलय C) जिल्ला प्रशासन कार्यालय D) स्थानीय तह

    ५. इसिमोडको स्थापना कहिले भएको हो?

    A) सन् १९७७ डिसेम्बर १ B) सन् १९८० डिसेम्बर ३ C) सन् १९८३ डिसेम्बर ५ D) सन् १९८६ डिसेम्बर ७

    ६. नेपाल कहिले एसियाली विकास बैंकको सदस्य भएको हो?

    A) सन् १९६५ B) सन् १९६६ C) सन् १९६७ D) सन् १९६८

    ७. नेपाल र भारतबीच द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौतामा कहिले हस्ताक्षर भयो?

    A) वि.सं. २०६८ कार्तिक १ B) वि.सं. २०६८ कार्तिक ४ C) वि.सं. २०६८ कार्तिक ५ D) वि.सं. २०६८ कार्तिक ६

    ८. भुटानको भ्रमण गर्ने नेपालका पहिलो प्रधानमन्त्री को हुन्?

    A) लोकेन्द्र बहादुर चन्द B) सूर्यबहादुर थापा C) गिरिजाप्रसाद कोइराला D) माधवकुमार नेपाल

    ९. संयुक्त राष्ट्रसंघमा उपमहसचिवको नियुक्ति गर्ने व्यवस्था कहिले देखि भएको हो?

    A) सन् १९९६ B) सन् १९९८ C) सन् २००० D) सन् २००२

    १०. संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका अनुसार सन् २०२२ नोभेम्बर १५ मा विश्वको जनसङ्ख्या कति पुग्ने तथ्याङ्क सार्वजनिक गरिएको छ?

    A) ७ अर्ब B) ८ अर्ब C) ९ अर्ब D) १० अर्ब

    ११. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा राष्ट्रिय प्रतिभा कति जनालाई प्रदान गरियो?

    A) २ जना B) ३ जना C) ४ जना D) ५ जना

    १२. सन् २०२२ को विश्वकप टी-२० क्रिकेट खेलकुद प्रतियोगिता को समयावधि कति हो?

    A) २०२२ अक्टोवर १६ देखि नोभेम्बर १३ B) २०२२ अक्टोवर १५ देखि नोभेम्बर १५ C) २०२२ अक्टोवर १७ देखि नोभेम्बर १८ D) २०२२ अक्टोवर १८ देखि नोभेम्बर २०

    १३. नेपाल इन्स्टिच्युट फर पोलिसी रिसर्चले सार्वजनिक गरेको नेपाल कम्पिटेटिभनेस इन्डेक्स २०२२ अनुसार सात प्रदेशमा सबैभन्दा प्रतिस्प्रर्धी रहन सफल प्रदेश कुन हो?

    A) गण्डकी प्रदेश B) मदेश प्रदेश C) कर्णाली प्रदेश D) बाग्मति प्रदेश

    १४. नेपालकै तेस्रो लामो झोलुङ्गे पुल कुन जिल्लामा निमार्ण गरिएको छ?

    A) दाङ B) अछाम C) कैलाली D) झापा

    १५. नविल बैंङ्क लिमिटेडले नेपाल बङ्गलादेश बैंङ्कलाई प्राप्ति गरी एकीकृत कारोबार कहिलेदेखि सुरु गरेको हो?

    A) वि.सं. २०७९ असार २६ B) वि.सं. २०७९ असार २७ c) वि.सं. २०७९ असार २८ D) वि.सं. २०७९ असार २९

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal
    New Baneshwor, Shankhamool, Kathmandu
    Contact No. 01-4792427, 9851246100, 9851146100