काठमाडौं – जारी आईसीसी विश्वकप लिग २ को अहिले भइरहेको खेलमा नेपालले सातौं विकेट लिएको छ। नेपालका लागि करण केसीले सातौं विकेट लिएका छन्।
केसीले खेलको ३५ औं ओभरमा माइकल लिस्कलाई आउट गराएका हुन्।
नेपालविरुद्धको पहिलो खेलमा सातौं नम्बरमा मैदान प्रवेश गरेर माइकलले सतक प्रहार गरेका थिए। आजको खेलमा भने उनी दोस्रो बलमै केसीको बलबाट आउट भएका हुन्।
अहिलेसम्म स्कटल्यान्डले १७५ रन बनाइसकेको छ। यसअघि नेपालका सन्दिप लामिछाने र कुशल मल्लले विकेट लिइसकेका छन् भने माथ्थिउ क्रस रनआउट भएका छन्।