सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु - Chaitanya News
  • 2026-05-15
  • 11:07:12
  • शुक्रबार,जेठ ०१, २०८३
  • सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु

    सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु

    धनगढी- सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ। प्रदेशसभामा बिहीबार मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदैछन्।

    तर मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो।

    सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ। तर अन्तिम समयमा दिन सक्ने एमाले नेताहरुले बताएका छन्।