काठमाडौँ आइपुगिन् यूएसएआईडीकी प्रमुख पावर, यस्तो छ भेटघाट कार्यक्रम - Chaitanya News
  • 2026-11-20
  • 16:12:53
  • शुक्रबार,मंसिर ०५, २०८३
  • काठमाडौँ आइपुगिन् यूएसएआईडीकी प्रमुख पावर, यस्तो छ भेटघाट कार्यक्रम

    काठमाडौँ आइपुगिन् यूएसएआईडीकी प्रमुख पावर, यस्तो छ भेटघाट कार्यक्रम

    काठमाडौं – अमेरिकी विकास सहयोग नियोग यूएसएआईडीकी प्रमुख समान्था पावर नेपाल भ्रमणमा आइपुगेकी छन्।

    उनले आज प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई र अर्थमन्त्री विष्णु पौडेलसँग भेट्ने कार्यक्रम छ।

    पावरले भ्रमणमा नेपालका नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी लगायतलाई भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने यूएसएआईडीले प्रेस विज्ञप्तिमा जनाएको छ।

    नेपाल बसाइमा उनले नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने बताइएको छ।