न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको कब्जा - Chaitanya News
  • 2026-06-05
  • 09:33:34
  • शुक्रबार,जेठ २२, २०८३
  • न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको कब्जा

    न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको कब्जा

    काठमाडौं, माघ १९।  भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो खेल भारतले १६८ रनको फराकिलो जित हासिल गर्दै सिरिज २-१ ले जितेको हो ।

    भारतले दिएको २३५ रन\को विशाल लक्ष्य पछाएको न्यूजील्याण्ड १२.१ ओभरमा केवल ६६ रन बनाएर अलआउट भएको थियो ।

    न्यूजील्याण्डलाई सस्तैमा आउट गर्न कप्तान हार्दिक पाण्डेयले ४ विकेट लिएका थिए भने अर्शदीप सिंह, उमरान मलिक र शिभम माभीले २-२ विकेट लिएका थिए ।

    यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट गुमाउदै २३४ रन बनाएको थियो । भारतका लागि शुभमन गीलले ६३ बलमा १२६ रनको आक्रामक पारी खेलेका थिए ।

    यस खेलको प्लेयर अफ द म्याच हार्दिक पाण्डेय भएका थिए भने यस सिरिजको प्लेयर अफ द सिरिज शुभमन गील बनेका थिए ।

    यसअघि सम्पन्न एकदिवसीय सिरिज भारतले ३-० ले जितेको थियो । योसँगै न्यूजील्याण्डको भारत टूर सकिएको छ ।