लोकसेवा उपयोगी सामग्री [४३] - Chaitanya News
  • 2026-06-05
  • 08:08:25
  • शुक्रबार,जेठ २२, २०८३
  • लोकसेवा उपयोगी सामग्री [४३]

    लोकसेवा उपयोगी सामग्री [४३]

    १)  तलका जोडा बारे विचार गर्नुहोस् ,
    1) नुनिलो महासागर – प्रशान्त महासागर
    2) उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म फैलिएको महासागर – आन्द्र महासागर
    3) दक्षिणी ध्रुवीय महासागर – कुमेरु
    4)  उत्तरी ध्रुवीय महासागर – सुमेरु
    A) 1 मात्र सहि              B) 2 मात्र सहि          C) सबै सहि            D) सबै गलत

    २)  तलका भनाई ठीकरबेठिक के हुन ?छुट्रयाउनुहोस ।
    1.अमेरिकाको प्रथम राष्ट्रपति जर्ज वासिङ्टन हुन ।
    2. भारतिय स्वतन्त्रता संग्रामका नायक महात्मा गान्धीको जन्म भारतको कोलकत्तामा भएको थियो ?
    A) 1 र 2 दुबै ठीक                                     B) 1 र 2 दुबै बेठिक

    C)  1 ठीक र 2 गलत                                D) 2 ठीक र1 गलत

    ३) तलका भनाइ बारे विचार गर्नुहोस ।
    i) कुलमण्डल खाँले कास्कीको अर्घाबाट राजकाज शुरु गरेका थिए ।
    ii) लमजुङका पहिला राजा यशेवह्म शाह हुन् ।
    iii) छत्र शाहका भाइ रामशाह हुन् ।
    A) i मात्र ठीक                B) ii मात्र बेठीक        C) iii मात्र बेठीक          D) सबै ठीक

    ४) Yellow Sea को अवस्थिति देहायका मध्ये कुन सहि छन् ।
    A) रुस र इरानको बिचमा                        B) रुस र टर्कीको विचमा
    C) अफ्रिका र एसियालको विचमा            D)  चिन र कोरियन प्रायद्विपको विचमा

    ५) तलका कथन बारे विचार गर्नुहोस् ।
    i) थोमस सुलिम्यानले चियापत्तीको आविष्कार गरेका हुन् ।
    ii) डाइनामाइटका आविष्कारक माइकल फराडे हुन् ।
    A सबै बेठीक                       B) i मात्र ठीक            C) ii मात्र ठीक   D) दुबै बेठीक

    ६) खालि ठाउ भर्नुहोस ।
    1.टक्सारमै गल्ती गरिएको मुद्रालाई………………..भनिन्छ ।
    2.सुनको असर्फी चलन चल्तीमा ल्याउने राजा………………हुन ।
    A) फेडो/ प्रताप मल्ल                         B) फेडो/रणबहादुर शाह
    C) फेडो/जय प्रकाश मल्ल                  D) फेडो/सदाशिब मल्ल

    ७) अफगानिस्तानमा सन् २००१ देखि रहेका सेना कहिले फिर्ता भएको थियो ?
    A) सन् २०२० अगस्ट ३०                          B) सन् २०२१ अगस्ट ३०
    C)  सन् २०२० अगस्ट ३०                         D)  सन् २०२१ अगस्ट २५

    ८) तलका भनाई ठीक/बेठिक के हुन ? छुट्रयाउनुहोस ।
    1.नेपालको पहिलो आधुनिक बैंक नेपाल बैंक लिमिटेड हो ।
    2. नेपालको पहिलो ग्रामिण विकास बैंक पुर्वाञ्चल विकास बैंक हो।
    A) 1 र 2दुबै ठीक             B) 1 र 2 दुबै बेठिक     C) 1 ठीक र 2 गलत        D) 2 ठीक र 1 गलत

    ९)  जोडा मिलाई सहि कोड छनोट गर्नुहोस् ।
    समूह क                                                     समूह ख
    a. BRICS को १४ औं सम्मेलन                     1. जर्मनी
    b. G7 काे ४८ सम्मेलन                                 2. जेनेभा,स्वीजरल्याण्ड
    c.  G20 को १७ औं सम्मेलन                        3. बेइजिङ, चीन
    d. WTO को १२ औं सम्मेलन                       4. बाली, इण्डोनेसिया

    A)a-3,b-1,c-4,d-2                                  B) a-2,b-1,c-4,d-3

    C) a-2,c-3,b-4,d-1                                     D) a-4,b-3,c-2,d-1

    १०)  तलका मध्ये सबैभन्दा पहिले स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
    (A) अन्नपूर्ण संरक्षण क्षेत्र                         (B) मनास्लु संरक्षण क्षेत्र
    (C) कञ्चनजंघा संरक्षण क्षेत्र                    (D) गौरीशंकर संरक्षण क्षेत्र

    ११) संयुक्त राष्ट्रसङ्घद्वारा कुन अवधिलाई ‘पारिस्थितिकीय प्रणालीको पुनस्र्थापनाको दशक’का रूपमा मनाउने निर्णय गरेको हो ?
    A) सन् २०२१–२०३०          B) सन् २०२२ – २०३१     C) २०२३ – २०३२     D)२०२१ –२०२५

    १२) चिपको आन्दोलन बारेमा तलका कथनहरु विचार गर्नुहोस् ।
    A. यो आन्दोलन भारतमा सन् १९९३ देखि सुरु भएको हो ।
    B.  सुन्दरलाल बहुगुणाले यसको नेतृत्व गरेका थिए ।
    C. यो एक वन संरक्षण अभियान हो ।
    मथिका कथनहरुमा कुन कथन सही हो वा हुन् ।
    A) A र B सही                 B) A सही             C) सबै गलत             D) सबै सही

    १३) ‘थुम’ प्रशासन कुन कालको स्थानीय प्रशासनसँग सम्बन्धित छ ?
    A) लिच्छविकाल              B) राणाकाल           C) किराँतकाल          D) मल्लकाल

    १४) राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार गलत भनाई पहिचान गर्नुहोस् ।
    A) नेपालको लैंगिक अनुपात ९५.९१ रहेको छ ।
    B) जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ ।
    C) जनघनत्व १९८ प्रति वर्ग कि.मि रहेको छ ।
    D) नेपालका ३१ जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक छ ।

    १५) ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२२ जनवरी २५ मा प्रकाशित गरेको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनअनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
    A) ११७ औँ            B) ११८ औं          C) ११९ औं   D) १२० औं

     

    (लाेक सेवा आयोगद्वारा लिइने परीक्षाकाे सबै सेवा, समूहकाे प्रथम पत्रकाे वस्तुगतः बहुबैकल्पिक प्रश्न (Multiple Choice Question) का लागि अत्यन्त उपयाेगी रहेकाे छ ।)

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100