घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिव बन्दै - Chaitanya News
  • 2026-06-26
  • 06:28:48
  • शुक्रबार,आषाढ १२, २०८३
  • घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिव बन्दै

    घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिव बन्दै

    काठमाडौँ – नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने तयारी गरेको छ।

    गत पुस २९ गते ‌औपचारीक रुपमा एकीकृत समाजवादीमा प्रवेश गरेका भुसाललाई पार्टीले महासचिवको जिम्मेवारी दिन लागेको हो। उनी सुरुमा सचिवालय सदस्यको जिम्मेवारीमा पार्टी प्रवेश गरेका हुन्।

    एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउने तयारी भएको हो।

    ती पदाधिकारीका अनुसार २१२२ माघमा बोलाइएको बैठकबाट भुसाललाई महासचिव चयनको निर्णय गर्ने तयारी भएको छ।

    २०७१ को नवौँ महाधिवेशनबाट भुसाल नेकपा एमालेका उपमहासचिव निर्वाचित भएका थिए। तर गतवर्ष मंसिरमा सम्पन्न एमालेको दसौँ महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजित भए।

    एमालेले भूसाललाई स्थायी कमिटी सदस्य चयन गरेको थियो। तर गत २३ असोजमा भुसालले एमाले परित्याग गरी रुपन्देही(१ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। यद्यपि, चुनाव जित्न भने सकेनन्।