चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 835 of 1151
  • 2026-11-21
  • 03:03:09
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु गलत : अर्थमन्त्री महत

काठमाडौँ - अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा धेरै बीमा कम्पनीहरूलाई लाइसेन्स दिने सरकारको कदम ठीक नभएको बताएका छन्। सोमबार बीमा कम्पनीको ५५ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले धेरै बीमा कम्पनीहरूलाई लाइसेन्स दिने सरकारको कदम गलत भएको बताए। प्राधिकरणको अगुवाइमा बीमा कम्पनीहरू मर्जरमा जानु आवश्यक भएको उल्लेख गरे। बीमा क्षेत्र प्रतिष्पर्धी, परिणाममुखी र स्वस्थ हुन जरुरी रहेको उनको भनाइ थियो। अर्थमन्त्री महतले धेरै बीमा कम्पनीहरूलाई लाइसेन्स वितरण गरिएको भन्दै अब कोर्ष करेक्सन जरुरी रहेको बताए। बीमामा धेरै क्षेत्रलाई समेट्न जरुरी रहेकाले नियामक निकायले व्यवसायिक हैसियत देखाउन जरुरी रहेको भनाइ उनले राखेका थिए।  देशको आर्थिक अवस्थालाई मध्यनजर गरी बीमा कम्पनीहरू दर्ता गर्न जरुरी रहेको उनले बताए।

News by धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु गलत : अर्थमन्त्री महत :