विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर - Chaitanya News
  • 2026-05-02
  • 08:38:20
  • शनिबार,बैशाख १९, २०८३
  • विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

    विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

    काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    आज डलरको खरिद दर १३१ रूपैयाँ ३८ पैसा र बिक्री दर १३१ रूपैयाँ ९८ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ९० पैसा र बिक्री दर १४३ रूपैयाँ ५५ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ २९ पैसा र बिक्री दर १६५ रूपैयाँ ०४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Capture 15