चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 783 of 1151
  • 2026-11-21
  • 07:08:29
  • शनिबार,मंसिर ०६, २०८३

About Author

ललिता निवास प्रकरण : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौँ- ललिता निवास प्रकरण अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । उनलाई सीआईबीको टोलीले केही समयअघि काठमाडौंबाट नियन्त्रणमा लिएको हो । ललिता निवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको सीआईबी स्रोतले जानकारी दिएको छ । यस प्रकरणमा सीआईबीले गत वर्ष नै अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाए पनि थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो । त्यसपछि अनुसन्धान रोकिएकोमा अहिले ब्युरोले फाइल खोलेर आरोपितलाई पक्राउ गरेको हो ।

News by ललिता निवास प्रकरण : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ :