चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 753 of 1151
  • 2026-11-21
  • 09:44:05
  • शनिबार,मंसिर ०६, २०८३

About Author

बैंकिङ कसुरमा एमाले नेता एवं लुम्विनी प्रदेशका पूर्व मन्त्री यादव पक्राउ

काठमाडौं -  नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । यादवलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक दिएका थिए । तर खातामा पैसा नभएपछि विजयबहादुर यादवविरुद्ध चेक बाउन्सको मुद्दा परेको थियो ।मुद्दा दर्तापछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । विजयबहादुर २०७४ को निर्वाचनमा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’बाट जसपाबाट निर्वाचित भएका थिए । तर पछि उनी लुम्बिनी प्रदेश सरकारमा पार्टीको निर्देशनविपरीत सहभागी भएको भन्दै कारपाहीमा परेका थिए । जसपाले कारबाही गरेपछि भने उनी गत चुनावअघि एमालेमा प्रवेश गरेका थिए । गत मंसिरमा भएको निर्वाचनमा एमालेबाट प्रदेश सभामा प्रतिस्पर्धा गरे पनि उनी जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।

News by बैंकिङ कसुरमा एमाले नेता एवं लुम्विनी प्रदेशका पूर्व मन्त्री यादव पक्राउ :