चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 734 of 1151
  • 2026-11-21
  • 11:26:42
  • शनिबार,मंसिर ०६, २०८३

About Author

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं -  मुग्लिन–नारायणगढ सडकखण्ड आइतबार बिहान १० बजेदेखि अवरुद्ध भएको छ । सडकखण्डको कालीखोला पुलनजिकै पहिरो खसेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । निरन्तर वर्षा भइरहँदा माथिबाट लेदो बगिरहेकाले पहिरो पन्छाउन मुस्किल भएको बताइएको छ । पानी पर्न कम भएपछि पहिरो पन्छाएर सडक खुलाइने आयोजनाले जनाएको छ । सडक कति बेला खुल्छ भन्ने यकिन नभएको भन्दै प्रहरीले यात्राका लागि वैकल्पिक मार्ग रोज्न भनेको छ । सडक अवरुद्ध भएपछि दुवैतर्फ सयौं सवारी साधन रोकिएका छन् ।