चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 922 of 1151
  • 2026-11-21
  • 09:36:23
  • शनिबार,मंसिर ०६, २०८३

About Author

राष्ट्रपति पौडेलले आज शपथ ग्रहण गर्दै

काठमाडौं -  नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । पौडेलले शपथग्रहण शीतलनिवासमै लिने छन् । उनलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् । शपथपछि पौडेल पाँच वर्षका लागि शीतलनिवासमा बस्ने छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित हुँदा उनले एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गरेका थिए । संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका थिए । नेम्वाङले प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१८ मतभार पाएका थिए ।

News by राष्ट्रपति पौडेलले आज शपथ ग्रहण गर्दै :