चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 745 of 1152
  • 2026-11-22
  • 00:14:17
  • शनिबार,मंसिर ०६, २०८३

About Author

भन्सारका तीन कर्मचारी निलम्बित

काठमाडौं- करिब १०० किलो सुन तस्करी प्रकरणमा तीन कर्मचारीलाई निलम्बन गरिएको छ। निलम्बित कर्मचारीमा एक्सरे हेर्नेदेखि भन्सार अधिकृतसम्म छन्। गएको बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा डिउटीमा खटिएका ती कर्मचारीलाई निलम्बन गरिएको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। एक्सरे हेर्ने सरोज श्रेष्ठ, जाँचकी एवं खरिदार कुमार ढकाल र भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको उनले बताए। श्रेष्ठ र ढकाल बिहीबारै निलम्बनमा परेका हुन्। विभागको सिफारिसमा अर्थ मन्त्रालयले अधिकृत चन्दलाई शुक्रबार निलम्बन गरेको उनले जानकारी दिए। राजस्व अनुसन्धान विभागको टोलीले सो सुन बरामद गरेको थियो। विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो। सो प्रकरणमा हालसम्म चिनियाँ नागरिकसहित १० जना पक्राउ परेका छन्। घटना सम्बन्धमा भन्सार विभागबाट ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई पाँच दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। सो प्रतिवेदनपछि थप कुरा खुल्ने सूचना अधिकारी खड्काले बताए। बुधबार बरामद गरिएको सुन काठमाडौंको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्कार महाशाखाको ढुकुटीमा राखिएको छ।

News by भन्सारका तीन कर्मचारी निलम्बित :