चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 624 of 1152
  • 2026-11-22
  • 09:54:44
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कसरी चिनी बिक्री गर्दैछ साल्ट ट्रेडिङ ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चिनी बिक्री गर्ने भएको छ । बिक्रीको मापदण्ड बनाएर साल्ट ट्रेडिङले चिनी बिक्री गर्न लागेको हो ।   व्यावसायिक प्रयोजनका लागि पसलबाट खुद्रा बिक्री गर्न प्रतिव्यवसायीलाई २५० केजीसम्म उपलब्ध गराइने साल्ट ट्रेडिङले जनाएको छ । परिमाण उपलब्ध स्टकका आधारमा थप÷घट हुन सक्ने बताइएको छ ।   यसका लागि व्यवसाय दर्ताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि साल्ट ट्रेडिङमा बुझाउनु पर्नेछ ।   साल्ट ट्रेडिङले प्रतिकेजी चिनी ११२.५० रुपैयाँमा उपलब्ध गराउनेछ । साल्ट ट्रेडिङले कालिमाटीस्थित आफ्नै कार्यालयबाट चिनी बिक्री गर्नेछ । Capture-1699237710.JPG