डालस एभरेष्ट लायन्सको कविता प्रतियोगितामा प्रकाश पाण्डे प्रथम - Chaitanya News
  • 2026-05-25
  • 03:11:00
  • आइतबार,जेठ १०, २०८३
  • डालस एभरेष्ट लायन्सको कविता प्रतियोगितामा प्रकाश पाण्डे प्रथम

    डालस एभरेष्ट लायन्सको कविता प्रतियोगितामा प्रकाश पाण्डे प्रथम

     

    अमेरिका । डालस एभेरेष्ट लायन्स, डालस, अमेरिकाले दशैँ–तिहारको आसपासमा नियमित रूपमा गर्दै आएको कविता प्रतियोगितामा यस पटक कवि प्रकाश पाण्डे प्रथम भएका छन् । साहित्यकारहरू डा. युवराज भट्टराई, वैकुण्ठराज आचार्य तथा महेश पौड्याल निर्णयक रहेको समितिले पाण्डेको ‘मान्छेको कविता’ शीर्षकको सिर्जनालाई प्रथम ठहर गरेको हो । यसैगरी कवि कृष्ण वाग्लेको कविता ‘मृत्युबोध’ तथा पवन लामिछानेको कविता ‘स्वतन्त्रता’ द्वितीय तथा तृतीय पुरस्कारबाट सम्मानित भए ।

    साहित्यकार शशि भट्टराईएको संयोजन तथा सूर्यनाथ भण्डारीको अध्यक्षतामा डालसस्थित नेपाली मन्दिरको सभाभवनमा आयोजित उक्त कार्यक्रममा कविहरू धनन्जय ढकाल, भोजबहादुर बलायर, ध्रुव थापा क्षेत्री, सुमन काजी, रेहान खान, गौरव चापागाइँ तथा चम्पा भट्टराईले आफ्ना सिर्जना वाचन गरेका थिए ।