चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1142 of 1153
  • 2026-11-22
  • 21:58:10
  • आइतबार,मंसिर ०७, २०८३

About Author

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना : दुई डिएसपीसहित पाँच जना घाइते, उद्धारका लागि हेलिकप्टर पठाइयो

रुकुम–  पूर्व– रुकुम(पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायब उपरीक्षकसहित पाँचजना घाइते भएका छन्। घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन्। सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो। गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए। हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन गृहमन्त्री बालकृष्ण खाणले दुर्घटनामा गम्भीर घाइते भएका सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका छन्। गृहमन्त्री खाणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलाई उद्धार गरी अस्पताल पुर्‍याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा गएको जनाइएको छ।

News by रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना : दुई डिएसपीसहित पाँच जना घाइते, उद्धारका लागि हेलिकप्टर पठाइयो :