चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1087 of 1115
  • 2026-10-16
  • 07:38:32
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

कैलाली ४ बाट कांग्रेसका नेता नैनसिंह महर सिफारिस

कैलाली– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई कैलाली क्षेत्र नम्बर ४ मा उम्मेदवारका लागि सिफारिस गरिएको छ। नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय समिति क्षेत्र नं ४ को बुधबार बसेको बैठकले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो। सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका यसै ४ नं क्षेत्रमा पर्दछ। सो क्षेत्रबाट तत्कालीन माओवादीका सुदूरपश्चिम इन्चार्ज (हाल एमालेका सचिव) लेखराज भट्टले २०६४, २०७४ मा प्रत्यक्ष तर्फ चुनाव जितेका थिए भने २०७० सालमा कांग्रेस नेता दीर्घराज भाट विजय भएका थिए। नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष महरलाई कांग्रेस र माओवादीको शीर्ष नेताहरुको इसारामा क्षेत्रीय समितिले सिफारिस गरेको स्रोतले बतायो। पूर्वमन्त्री लेखराज भट्टलाई विजय गराउन सुदूरपश्चिमका १६ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एमाले अध्यक्ष केपी ओलीले यो क्षेत्रलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्। एमालेको प्रतिष्ठा बनेको कैलाली ४ मा भट्टसँगको प्रतिष्पर्धामा लोकप्रिय युवन नेता महरलाई सिफारिस गरिएको माओवादी सुदूरपश्चिम एकजना नेताले बताए।  

News by कैलाली ४ बाट कांग्रेसका नेता नैनसिंह महर सिफारिस :