चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 335 of 1163
  • 2026-11-27
  • 11:23:31
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने

काठमाडौं– संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ। चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ। ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–१२–२४ को सिफारिसमा संवत् २०८२ साल चैत २७ गते शुक्रबार राती १२ः०० बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ’ राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ। राष्ट्रपति पौडेलले भोलि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछन्। निर्वाचनपछिको संघीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ।

News by संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने :