उपसभामुखमा सरस्वती लामा र रुवी कुमारीबीच प्रतिस्पर्धा हुने - Chaitanya News
  • 2026-04-19
  • 09:34:05
  • आइतबार,बैशाख ०६, २०८३
  • उपसभामुखमा सरस्वती लामा र रुवी कुमारीबीच प्रतिस्पर्धा हुने

    उपसभामुखमा सरस्वती लामा र रुवी कुमारीबीच प्रतिस्पर्धा हुने

    काठमाडौँ– प्रतिनिधि सभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ।

    उम्मेदवारी दर्ता बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा संघीय संसद् सचिवालयमा गरिएको थियो।

    संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार सरस्वती र रुवी कुमारीको मात्रै उम्मेदवारी दर्ता भएको छ ।

    रुवी कुमारीको उम्मेदवारीमा आर्यन राई प्रस्तावक र अशोककुमार चौधरी तथा अम्बिकादेवी निरौला समर्थकका रूपमा रहेका छन्। सरस्वती लामाको उम्मेदवारीमा ज्ञानेन्द्र शाही प्रस्तावक र खुश्वु ओली, ताहिर अलि र भरत गिरी समर्थकको रूपमा रहेका छन्।