उपसभामुख पदमा श्रम संस्कृतिबाट २५ वर्षीया रुबी कुमारीको उम्मेदवारी दर्ता - Chaitanya News
  • 2026-06-04
  • 19:05:05
  • बिहिबार,जेठ २१, २०८३
  • उपसभामुख पदमा श्रम संस्कृतिबाट २५ वर्षीया रुबी कुमारीको उम्मेदवारी दर्ता

    उपसभामुख पदमा श्रम संस्कृतिबाट २५ वर्षीया रुबी कुमारीको उम्मेदवारी दर्ता

    काठमाडौं– उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट पनि उम्मेदवारी दर्ता भएको छ।

    श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन्। उनी २५ वर्षकी छन्। उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन्।

    उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन्।

    उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो।