चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 31 of 1116
  • 2026-10-17
  • 06:16:58
  • शनिबार,कार्तिक ०१, २०८३

About Author

संयुक्त राष्ट्रसंघको मुख्यालयमा परराष्ट्र मन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्त, के विषयमा भयो छलफल?

काठमाडौँ– संयुक्त राष्ट्रसंघको मुख्यालयमा परराष्ट्र मन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा भएको उक्त भेटवार्तामा उनीहरुबीच नेपाल–बेलायत सम्बन्ध तथा पारस्परिक हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। भेटवार्तामा दुवै पक्षबीच पछिल्लो समय विस्तार हुँदै गएको नेपाल–बेलायत द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको थियो । विशेषगरी नेपालमा हालै आएको विनाशकारी विपद्पछिको पुनरुत्थान तथा पुनर्निर्माणमा बेलायतसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। मन्त्री खनालले नेपालले विपद्पछिको उद्धार, राहत, पुनस्स्थापना र पुनर्निर्माणका काम अघि बढाइरहेका सन्दर्भमा अन्तर्राष्ट्रिय साझेदारी र सहयोगको महत्त्व रहेको बताए। दुवै पक्षले नेपाल–बेलायतबीच विद्यमान सहयोगलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

News by संयुक्त राष्ट्रसंघको मुख्यालयमा परराष्ट्र मन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्त, के विषयमा भयो छलफल? :