चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1102 of 1116
  • 2026-10-16
  • 20:44:31
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

पाकिस्तानमाको बालुचिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १९६ पुग्यो

बालुचिस्तान– पाकिस्तानको बालुचिस्तानमा वर्षाजन्य घटनामा परी थप आठ जनाको मृत्यु भएको छ। योसँगै पछिल्लो प्राकृतिक प्रकोपमा परी पाकिस्तानमा मृत्यु भएकाहरुको सङ्ख्या १९६ पुगेको छ। मृत्यु भएका मध्ये ९६ जना पुरुष रहेका छन भने ४५ जना महिला छन्। त्यसैगरी, ५५ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ। वर्षाका कारण बालुचिस्तानका धेरै ठाउँमा आएको बाढी पहिरोकाले मानवीय र भौतिक क्षति गरेको छ। बाढी पहिरोका कारण पछिल्लो तीन दिनमा ८१ जना घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्। प्राकृतिक प्रकोपमा परी एक लाख सात हजार ३७७ पशु चौपाया पनि परेको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ। बलुचिस्तानको बोलान, क्वेटा, झोव, डाक्की, खुज्डर, कोलु, केच, मस्तुङ, हर्नाइ, क्विला साइफुल्लाह र सिब्बीमा बाढी पहिरोले मानवीय क्षति गरेको हो। बाढी पहिरोले सडक यातायात सेवा, विद्युत्, सञ्चारलगायतका सेवा पनि प्रभावित भएका छन्। ती सेवा सुचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरुको भनाइ छ। बाढी पहिरोले मानिसहरु बस्ने घरहरुमा पनि ठूलो क्षति पुर्‍याएकाले क्षतिग्रस्त घरका बासिन्दा विस्थापित भएका छन्। उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ। स्थानीय एक अधिकारीका अनुसार क्विला साइफल्लाहमा मात्रै झण्डै १२० घर क्षतिग्रस्त भएको पाइएको छ। त्यसैगरी, अन्य ठाउँमा अरु दुई सय घर क्षतिग्रस्त भएको अधिकारीहरुले जनाएका छन्। रासस

News by पाकिस्तानमाको बालुचिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १९६ पुग्यो :