चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1092 of 1116
  • 2026-10-17
  • 01:42:55
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचनामा डोजर चलायो

काठमाण्डौ – काठमाण्डौको कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचना डोजर चलाएर भत्काएको छ। आज बिहीवार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको एक घरको कम्पाउन्डमा बनाएको अवैध संरचना भत्काइएको मेयर राजकुमार नकर्मीले जानकारी दिए। नगरपालिकाले जयबहादुर महर्जनको घर जग्गामा बनाएको संरचना भत्काएको हो। नक्सा पास नभएको ठाउँमा संरचना बनाएको, अग्लो पर्खाल बनाएको र त्यहाँ टहरा बनाएको भन्दै नगरपालिकाले डोजर चलाएको हो। तीन दिने सूचना निकालेर अवैध संरचना हटाउन भनिए पनि सूचनाको अटेरी गरेपछि भत्काइएको नगरपालिकाले जनाएको छ। काठमाण्डौ महानगरपालिकाले पनि विभिन्न ठाउँमा बनाएका अवैध संरचना भत्काउन थालेको छ।

News by कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचनामा डोजर चलायो :