लोकसेवा उपयोगी सामग्री [३०] - Chaitanya News
  • 2026-06-05
  • 06:35:44
  • शुक्रबार,जेठ २२, २०८३
  • १)  कति घण्टा कति मिनेट र कति सेकेण्डमा पृथ्वीको दैनिक गति Rotation of Earth हुन्छ ?
    (A) २३ घण्टा ५६ मिनेट र ४.०९ सकेण्ड                       (B) २३ घण्टा ५७ मिनेट र ५ सेकेण्ड
    (C) २३ घण्टा ४७ मिनेट र ६ सेकेण्ड                            (D) २३ घण्टा ५० मिनेट र ४८ सेकेण्ड

    २)  तलका विषय अध्ययन गरी कुन सहि छ ? पत्ता लगाउनुहोस् ।
    A) धोलम्बा हिमनदी लाङटाङ हिमालको काखमा छ ।

    B) जाखिरा ताल कपिलवस्तु जिल्लामा पर्दछ ।

    C) १२ वण्ड १८ खण्डको जिल्ला अर्घाखाँची हो ।

    D) भृकुटी र गोरखा हिमाल निलगिरी हिमश्रृङ्खलामा पर्दछ ।

    ३) दिगो विकास शब्दको प्रयोग भएको पहिलो योजना आठौं योजना हो भने गरिब निवारणलाई मुख्य रणनीतिको रुपमा समावेश गरेको योजना कुन हो ?
    A)  ७ औं                           B) ८ औं                         C) ९ औं                        D)  १० औं

    ४) रामसार सूचीमा सूचीकृत नेपालका सिमसारहरुको सूचीकृत वर्षको आधारमा अगाडिदेखि पछाडिको क्रम कुन सहि रहेको छ ?
    A) कोशीटप्पु, घोडाघोडी, माईपोखरी, गोसाँइकुण्ड

    B) कोशीटप्पु, घोडाघोडी, गोसाँइकुण्ड, माईपोखरी

    C) गोसाँइकुण्ड, घोडाघोडी, माईपोखरी, कोशीटप्पु

    D) घोडाघोडी, गोसाँइकुण्ड, कोशीटप्पु, माइपोखरी

    ५) आत्मनिर्भरका लागि किसान सूचीकरण राष्ट्रिय अभियान कहिले बाट प्रारम्भ भयो ?
    A) वि.सं. २०७७ फागुन २२                             B) वि.सं. २०७६ फागुन २२
    C) वि.सं. २०७५ फागुन २२                             D) वि.सं. २०७४ फागुन २२

    ६) संयुक्त राष्ट्र संघको सदस्य नभए पनि पर्यवेक्षक राष्ट्रका रुपमा भाग लिने राष्ट्र कुन हो ?
    A) इरान                          B) होली सि                      C) लओस                         D) इण्डानेसिया

    ७) तल दिइएका राजमार्गहरुलाई लम्बाईका आधारमा लामोबाट छोटो क्रम मिलाउनुहोस् ।
    १. सिद्धार्थ राजमार्ग     २. पृथ्वी राजमार्ग     ३. मेची राजमार्ग         ४. त्रिभूवन राजमार्ग
    A) ३–४–१–२                  B)  ४–२–३–१                    C) ४–३–१–२             D) ४–१–३–२

    ८) तल दिइएका मध्ये एजेण्डा—२१ मा आधारित दिगो विकास कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमध्ये कुन जिल्ला होइन ?
    A) सुर्खेत                        B)  कैलाली               C) दाङ                        D) बाँके

    ९) रामायणका सात काण्डहरुमा निम्नमध्ये कुन पर्दैन ?
    (A) सुन्दर काण्ड        (B) बाल काण्ड        (C) उत्तर काण्ड             (D) पूर्व काण्ड

    १०) विश्वकै उत्कृष्ट १० सहासिक जलयात्रा नदीको सूचीमा पर्न सफल नेपालका दुई नदीहरु कुन-कुन हुन् ?
    A)  सुनकोशी र कालीगण्डकी                        B) तमोर र सुनकोशी

    C) अरुण र तामाकोशी                                    D) कर्णाली र सुनकोशी

    ११) राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ?
    A)  गोरखा                  B)  पर्वत                    C)  बाग्लुङ्ग               D) बझाङ

    १२) निम्नलिखित भनाईहरुबारे विचार गर्नुहोस् ।
    १) पत्र मन्जुषा Letter box को प्रचलन फ्रान्सबाट भएको हो ।
    २) प्रताप मल्लका पालामा नेपाल आउने पादरी ग्रोवर थिए ।
           माथिका भनाईहरुमध्ये कुन भनाई सहि/गलत हो ।
    A) १ सहि २ गलत           B) २ सहि १ गलत          C) दुवै सहि                D) दुवै गलत

    १३) अमेरिकी सहयोग Millennium challenge corporation (MCC) नेपालको संसदबाट कहिले पारित भएको हो ?
    A) २०७८ फागुन १४     B) २०७८ फागुन १५        C) २०७८ फागुन १६              D) २०७८ फागुन २०

    १४) भारतीय चर्चित गायिका लता मंगेश्करको निधन कहिले भएको हो ?
    A) २०२२ जनवरी ६       B) २०२२ जुन ६               C) २०२२ फेब्रुअरी ६             D) २०२२ फेब्रुअरी ८

    १५) दिइएको कथनबाट सहि उत्तर पत्ता लगाउनुहोस् ।
    १) अनुवांशिक शुद्धताको नियम मेण्डलको नियम हो ।
    २) ‘Chapter-4’ रुसले चन्द्रमामा पठाएको यानको नाम हो ।
    A) १ मात्र सहि          B) २ मात्र सहि                C) दुवै सहि                 D) दुवै गलत

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100