चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 997 of 1158
  • 2026-11-25
  • 01:54:57
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

मतदाता नामावली दर्ता आजदेखि शुरु हुँदै

काठमाडौँ -  मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता आज (मंगलबार) देखि शुरु हुँदैछ । निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता शुरु हुने जनाएको थियो । तर सोमबार राष्ट्रिय शोक बिदा परेकाले आजबाट दर्ता शुरु हुने आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मंगलबारदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता शुरु हुने बताए । प्रारम्भिक दर्तासँगै नामावली स्थानान्तरण, मतदाता नामावली अद्यावधिक गर्ने कार्य समेत सँगै शुरु हुने सहायक प्रवक्ता भुसालले बताए । यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआईआर) मार्फत नामावली दर्ता हुँदै आएकोमा प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्नेगरी प्रारम्भिक दर्ता शुरु हुन लागेको हो । प्रारम्भिक दर्ता भएपछि आयोगले पालो आउने दिनसहितको विवरण मोबाइलमा पठाउनेछ । त्यसपछि नामावली दर्ता गराउने व्यक्तिले बायोमेट्रिकका लागि सम्बन्धित निर्वाचन कार्यालयमा पुग्नुपर्ने आयोगले जनाएको छ ।

News by मतदाता नामावली दर्ता आजदेखि शुरु हुँदै :