चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 666 of 1160
  • 2026-11-26
  • 03:29:28
  • बुधबार,मंसिर १०, २०८३

About Author

विश्व बैंकले भन्यो- चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत

काठमाडौं- विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। विश्व बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने र सन् २०२५ सम्ममा ५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो। नयाँ आयोजनाहरू सञ्चालन गरी जलविद्युत उत्पादनको निरन्तर विस्तारले औद्योगिक क्षेत्रमा बलियो वृद्धि हुने अनुमान विश्व बैंकले गरेको छ। कमजोर वित्तीय कार्यसम्पादनका कारण सर्वजनिक ऋण बढेर कुल ग्रार्हस्थ उत्पादनको ४१.३ प्रतिशत पुगेको विश्व बैंकले उल्लेख गरेको छ। त्यस्तै थोक तथा खुद्रा व्यापारले आयात प्रतिबन्ध हटाएर सेवा क्षेत्रको वृद्धिलाई बढावा दिने, पशुपन्छीमा लम्पी स्किन रोगको प्रभाव र धान उत्पादनमा आएको ह्रासका कारण चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि सुस्त हुने अनुमान गरिएको छ। विश्व बैंकले मुद्रा स्फीति अर्थात मूल्यवृद्धि पनि उच्च रहने प्रक्षेपण गरेको छ।

News by विश्व बैंकले भन्यो- चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत :