चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1068 of 1115
  • 2026-10-15
  • 06:18:36
  • बिहिबार,आश्विन २९, २०८३

About Author

असोज १ देखि काठमाडौंमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

काठमाडौं– काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि धूमपान निषेध गरेको छ। बिहीबार सूचना निकालेर महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस प्रकारका पदार्थ सेवन गर्न निषेध गरेको हो। कानुन, सदाचार र सार्वजनिक हितका दृष्टिले महानगरलाई धूमपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र बनाउन सूचना जारी भन्दै अटेर गर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिइएको छ। सार्वजनिक स्थललाई धूमपान र सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा बनाउने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ। हेर्नुहोस् महानगरपालिकाको सूचना–  

News by असोज १ देखि काठमाडौंमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध :