संसद्मा ‘ठूलो’ दल बन्दै कांग्रेस : सरकार बनाउन भने अरूकै भर - Chaitanya News
  • 2026-04-27
  • 16:22:53
  • सोमबार,बैशाख १४, २०८३
  • संसद्मा ‘ठूलो’ दल बन्दै कांग्रेस : सरकार बनाउन भने अरूकै भर

    संसद्मा ‘ठूलो’ दल बन्दै कांग्रेस : सरकार बनाउन भने अरूकै भर

    काठमाडौं –  नेपाली कांग्रेसले नयाँ संसदमा ठूलो दलको हैसियत पाउने पक्का भएको छ ।४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचन परिणामअनुसार कांग्रेस संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा पुग्न लागेको हो ।

    मंगलबार रातिसम्म प्राप्त परिणामअनुसार कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५३ सिटमा जित निकालिसकेको छ । यस्तै, २ क्षेत्रमा कांग्रेसको अग्रता छ । समानुपातिकतर्फ हेर्दा कांग्रेस ३२ सिटको हाराहारीमा आउने अनुमान छ । यो सबै गर्दा कांग्रेसको ८५ सिटको आसपास पुग्ने देखिन्छ ।

    यसअघि २९७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कूल ६३ सिट जितेको थियो । त्यसबखत कांग्रेस संसद्मा दोस्रो दलको हैसियतमा रहन पुग्दा नेृकपा (एमाले) पहिलो दल बन्न सफल भएको थियो ।