चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 893 of 1161
  • 2026-11-26
  • 11:32:15
  • बिहिबार,मंसिर ११, २०८३

About Author

कैलालीमा कोरोना संक्रमितको मृत्यु

धनगढी -  कैलालीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको अस्पतालले जनाएको छ । अस्पतालका वरिष्ट जनरल फिजिसियन डा. शेरबहादुर कमरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो । चैत २६ गते कारोना संक्रमण पुष्टि भएकी ती महिलालई आईसियुमा राखिएको थियो । उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।