चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 763 of 1163
  • 2026-11-27
  • 00:14:28
  • बिहिबार,मंसिर ११, २०८३

About Author

सुनको भाउ बढ्यो, चाँदी लगातार तीनदेखि स्थिर

काठमाडौं - मंगलबार सुनको भाउ बढेको छ । साउन २ गते, सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ । चाँदी भने लगातार तीनदेखि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ । साउनको पहिलो दिन भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँ कायम रहेको थियो । मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य निरन्तर तीन दिनयता एकै मूल्यमा खरिदबिक्री हुँदैछ । आज चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँमा किनबेच भइरहेको छ ।

News by सुनको भाउ बढ्यो, चाँदी लगातार तीनदेखि स्थिर :