चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 787 of 1163
  • 2026-11-27
  • 09:36:20
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

आईसीसी विश्वकप छनोट : सातौं स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – नेपालले आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि आज आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। जिम्बावेको हरारेमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुँदैछ। नेपाल समूह ए बाट चार खेलमा तीनमा हार र एक जितसहित चौथो स्थानमा रहेर छनोटबाट बाहिरिएको थियो। विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा समूह ‘ए’ बाट जिम्बावे, नेदरल्यान्डन्ड र वेस्ट इन्डिज क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेका थिए। नेपाल समूह चरणको पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो। अन्तिम तथा चौंथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो। दोस्रो प्लेअफमा युएईलाई तीन विकेटले पराजित गर्दै नेपालले सातौं स्थानका लागि आयरल्यान्डसँगको भेट पक्का गरेको हो।

News by आईसीसी विश्वकप छनोट : सातौं स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल :