निर्वाचन आयोगको प्रस्ताव : 'नो भोट' को व्यवस्था हुनुपर्छ - Chaitanya News
  • 2026-11-20
  • 02:52:35
  • बिहिबार,मंसिर ०४, २०८३
  • निर्वाचन आयोगको प्रस्ताव : ‘नो भोट’ को व्यवस्था हुनुपर्छ

    निर्वाचन आयोगको प्रस्ताव : ‘नो भोट’ को व्यवस्था हुनुपर्छ

    काठमाडौं- निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा पारित गरेको छ। आज बसेको आयोगको बैठकले निर्वाचन कानुनको मस्यौदा पारित गरी सरकारलाई पठाउने निर्णय गरेको हो।

    आयोगले निर्वाचनसम्बन्धी कानुनमा ‘नो भोट’, विदेशमा रहेका नेपालीलाई मताधिकार, चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार, चुनावमा उम्मेदवार बन्ने सीमा निर्धारणलगायतका नयाँ व्यवस्था प्रस्ताव गरेको छ।

    यस्तै पालिकाको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एक जना महिला उम्मेदवार बनाउनुपर्ने पुरानो व्यवस्थामा एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवार हुनुपर्ने व्यवस्था थप गरेको छ।