चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 707 of 1163
  • 2026-11-27
  • 11:30:56
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

ललिता निवमस जग्गा प्रकरणमा माधव नेपाल निर्दोष सावित भए : प्रधानमन्त्री प्रचण्ड

पोखरा– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितानिवास जग्गा प्रकरणामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन्। आज (शुक्रबार) समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै प्रचण्डले माधव नेपालको बारेमा के हो कसो हो भन्ने भएको तर अहिले निर्दोष सावित भएको बताए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दिएकाले नेपाल निर्दोष सावित भएको प्रचण्डको भनाइ छ। ‘सीआईबीले के हो भनेर उहाँको पनि बयान लियो, बयान लिएर मुद्दा चलाउन नपर्ने भनेर लिखित दिएपछि सधैंको टेन्सन सकियो,’ उनले भने, ‘त्यो टेन्सन उहाँलाई मात्र होइन मलाई पनि थियो। नेपाल र आफू एउटै मोर्चामा रहेको भन्दै प्रचण्डले केपी ओली प्रधानमन्त्री हुँदा पनि के हुने हो कसो हुने हो भनेर टेन्सन हुने गरेको उनले सुनाए।  

News by ललिता निवमस जग्गा प्रकरणमा माधव नेपाल निर्दोष सावित भए : प्रधानमन्त्री प्रचण्ड :