संवेदनशीलतामाथि चालेको गलत कदम भन्दै बालेनले गरे चीनको भ्रमण रद्द - Chaitanya News
  • 2026-11-21
  • 15:28:43
  • शनिबार,मंसिर ०६, २०८३
  • संवेदनशीलतामाथि चालेको गलत कदम भन्दै बालेनले गरे चीनको भ्रमण रद्द

    संवेदनशीलतामाथि चालेको गलत कदम भन्दै बालेनले गरे चीनको भ्रमण रद्द

    चीनले जारी गरेको आफ्नो देशको नक्सामा नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा नराखेकोमा कामनपा मेयर बालेन्द्र शाहले आपती जनाएका छन् ।

    उनले भनेका छन् “ हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।
    केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।

    नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छँौ ।

    त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।