चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1111 of 1156
  • 2026-11-24
  • 05:30:35
  • सोमबार,मंसिर ०८, २०८३

About Author

लाखौं करोडौं मानिसका बीचमा पनि एक्लो महसुस हुन थाल्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौं करोडौं मानिसका बीचमा रहेपनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन्। मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किराँतीको जेल जीवनको अनुभवमा आधारित पुस्तक पल पलको मृत्युुको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भएपनि अहिले एक्लो महसुस हुन थालेको बताएका हुन्। प्रचण्डले जीवनको बोध हुन छाडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौं? भन्ने अनुभूति हुन थालेको समेत जिकिर गरे। अहिलेको अवस्था जे(जस्तो भएपनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए। प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतासँग सम्बन्धित हजारौं यथार्थमा आधारित पक्ष रहे पनि यथार्थमा उत्खनन हुन नसकेको र यसको महत्वलाई बुझाउन नसकिएको धारणा राखे। आधुनिक नेपाल निर्माणमा जनयुद्दको महत्वलाई कसैले भूल्न नहुने उनको भनाइ छ। प्रचण्डले युद्दमा सहभागीहरूलाई जति शान्तिको महत्व अरूलाई नहुने पनि बताए।

News by लाखौं करोडौं मानिसका बीचमा पनि एक्लो महसुस हुन थाल्यो : अध्यक्ष प्रचण्ड :