चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1020 of 1161
  • 2026-11-26
  • 10:52:16
  • बिहिबार,मंसिर ११, २०८३

About Author

सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने

काठमाडौं – सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । आइतबार प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले माघ २ गते सभामुख र त्यस पछि उप सभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशसभाको बैठक भोलिका लागि बोलाइएको छ । बैठकको पूर्वसन्ध्यामा प्रदेशसभाका जेष्ठ सदस्य मानबहादुर रावलले सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठकले आगामी २ माघमा निर्वाचन गर्ने सहमति गरेको प्रदेशसभाका सचिव देवबहादुर बोगटीले बताए । प्रदेशसभा सञ्चालन ऐनअनुसार प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ ।

News by सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने :