चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 88 of 1151
  • 2026-11-21
  • 11:51:58
  • शनिबार,मंसिर ०६, २०८३

About Author

आज एकै दिन ६ वटा संसदीय समितिको बैठक बस्दै,के छन् कार्यसूची ?

काठमाडौँ– आज (शुक्रबार) एकै दिन संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछन्। जसअनुसार, बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठक बस्दैछ । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ। समितिले छलफलका लागि अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव लगायतलाई बोलाएको छ। यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाढी प्रभावित क्षेत्र, राहत शिविर तथा अस्थायी आश्रयस्थलमा रहेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहलाई यौन शोषण, हिंसा, दुर्व्यवहार तथा सबै प्रकारका उत्पीडनबाट संरक्षण गर्ने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। बैठक बिहान साढे ९ बजे नै बस्ने छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्ने तय भएको छ । बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत भएको क्षति, उद्धार, राहत एवं पुनर्स्थापनाका सम्बन्धमा भएका–भइरहेका कार्य, कार्यसम्पादनका क्रममा देखा परेका समस्या–चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ। छलफलका लागि स्वास्थ्य मन्त्री तथा मन्त्रालयका सचिवलाई समितिले बोलाएको छ। यस्तैगरी, दिउँसो सवा १२ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भीर क्षति र निकट भविष्यमा हुने जलवायु परिवर्तन सम्मेलन लगायत अन्तराष्ट्रिय कूटनीतिक प्रवर्द्धन सम्बन्धमा निम्नानुसारका विषयमा विषयविज्ञ एवं सरोकारवाला संघसंस्थासँग छलफल गर्ने कार्यसूची छ। दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा “सङ्क्रामक पशु रोग ९नियन्त्रण० विधेयक, २०८३” माथि दफावार छलफल गर्ने कार्यसूची छ। दिउँसो साढे १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संघीयता कार्यान्वयन एवं सबलीकरण सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची छ।

News by आज एकै दिन ६ वटा संसदीय समितिको बैठक बस्दै,के छन् कार्यसूची ? :