चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-25
  • 02:20:44
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

कोप–३१ का उपलब्धि र कूटनीतिक पहलबारे सभामुखसँग मन्त्री चौधरीको छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालले उठाएका मुद्दा, प्राथमिकता र उपलब्धिबारे सभामुख डीपी अर्याललाई जानकारी गराएकी छन्। सभामुख अर्यालसँगको भेटमा मन्त्री चौधरीले टर्कीको अन्ताल्यामा सम्पन्न सम्मेलनमा नेपालको सहभागिता, जलवायु परिवर्तनका असर र नेपालले अघि सारेका एजेन्डाबारे जानकारी गराएकी हुन्। भेटका क्रममा उनले विशेषगरी हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय, जलवायु वित्त तथा जलवायु परिवर्तनका कारण हुने हानि र नोक्सानीको क्षतिपूर्तिको विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका सवालबारे अवगत गराइन्। त्यसैगरी पर्वतीय मुलुकहरूले भोगिरहेका साझा समस्या, जलवायु परिवर्तनका चुनौती समाधानका लागि सम्मेलनमा भएका छलफल र नेपालले गरेको कूटनीतिक पहलका विषयमा समेत मन्त्री चौधरीले सभामुखलाई जानकारी गराएकी थिइन्।

News by कोप–३१ का उपलब्धि र कूटनीतिक पहलबारे सभामुखसँग मन्त्री चौधरीको छलफल :