चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 797 of 1153
  • 2026-11-22
  • 13:53:27
  • आइतबार,मंसिर ०७, २०८३

About Author

ललितपुरको इमाडोलमा बस दुर्घटना: १८ जना घाइते

काठमाडौं -  ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार बसमा २४ जना सवार थिए । २४ जना मध्ये १८ जना गम्भिरर घाइते भएका छन् भने ६ जनाको अवस्था समान्य रहेको छ । घाइते १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्याइएको छ । बसका सुजन नाम गरेका २४ वर्षीय चालकसमेत घाइते भएर अस्पतालमा भर्ना भएका छन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घाइतेहरूको उपचार भइरहेको र परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।

News by ललितपुरको इमाडोलमा बस दुर्घटना: १८ जना घाइते :