चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 760 of 1153
  • 2026-11-22
  • 17:06:55
  • आइतबार,मंसिर ०७, २०८३

About Author

काठमाडौंमा एक अस्पतालका कर्मचारी मृत फेला

काठमाडौं- महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरको फार्मेसीमा कार्यरत एक कर्मचारी मृत भेटिएका छन्। काठमाडौं प्रहरी वृत्त, महाराजगन्जका अनुसार अर्घाखाँचीका ३६ वर्षीय अमृत पोखरेल फार्मेसी स्टोरमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। शुक्रबार बिहान 'नोट'सहित फार्मेसी स्टोरमा उनको शव भेटिएको महाराजगन्ज प्रहरीले जनाएको छ । उनी पहिले फार्मेसीमा इन्चार्जका रूपमा कार्यरत रहेको र अहिले प्रशासनमा तानिएको थियो। 'नोट' उनले डा. भगवान कोइराला, सेन्टरका निर्देशक र अन्य सहकर्मीसँग माफी मागेका छन् । त्यस्तै नोटमा परिवारका सदस्यका नाममा 'लभ यू', 'लभ यू' लेखिएको पनि प्रहरीले जनाएको छ।