चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 738 of 1153
  • 2026-11-22
  • 18:42:47
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रधानमन्त्री प्रचण्ड इटालीबाट आज फर्किँदै

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कदैछन्। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन एक साताअघि गएका उनी स्वदेश फर्कन लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी १० बजेर ५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेने छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटाली गएका प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गरेका थिए। साथै, सो क्रममा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूबी भेटवार्तासमेत भएको थियो। प्रधानमन्त्रीको भ्रमण टोलीमा कृषि तथा पशुपन्धी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायतको सहभागिता रहेको थियो। साथै, विमानस्थलमा प्रधानमन्त्रीले पत्रकार सम्मेलनसमेत गर्ने तयारी छ।

News by प्रधानमन्त्री प्रचण्ड इटालीबाट आज फर्किँदै :