चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 660 of 1153
  • 2026-11-23
  • 04:17:53
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नापीका ८५८ कर्मचारीको सरुवा, को कहाँ?

काठमाडौं- नापी विभागले ठूलो सङ्ख्यामा कर्मचारीहरूको सरुवा गरेको छ। विभागले सोमबार अधिकृतदेखि खरिदारसम्मका ८५८ कर्मचारीको सरुवा गरेको हो। जसमा, नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पदका ११३, राजपत्र अनङ्कित प्रथम श्रेणी, सर्भेक्षक पदका ४९८ र अनङ्कित द्वितीय श्रेणी अमिन पदका २४७ जना कर्मचारी रहेका छन्। विभागले सात जना नापी अधिकृतको पदस्थापनसमेत गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट स्वीकृत कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८० का आधारमा निजामति सेवा ऐन २०४९ को दफा १८ को उपदफा (१) बमोजिम सरुवाको निर्णय गरेको विभागले जनाएको छ।