चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 349 of 1152
  • 2026-11-22
  • 12:07:58
  • आइतबार,मंसिर ०७, २०८३

About Author

वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन्। यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने ३८ जना घाइते भएका छन्। यस्तै, एक हजार ८०० जना घाइते भएका छन्। प्राधिकरणले दिएको जानकारीअनुसार यस अवधिमा तीन हजार ४८० वटा आगलागीका घटना भएका छन्। यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षा ४४२, चट्याङ ४०६ र सर्पदशका ६०० घटना भएका छन्। यसैगरी, वन डढेलो २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका १२३ र हिउँपहिरोका पाँचवटा घटना भएका प्राधिकरणले जनाएको छ। यस्तै, भूकम्पका सात, असिना, डुङ्गा पल्टेका दुई रदुई घटना हुँदा असिनासहित हुरी, शीतलहरका एक–एक घटना घटेका छन्। यसैगरी, यही चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म २६ वटा विपद्मा घटना भएका प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। एकै दिन नौ जिल्लाका १३ स्थानमा आगलागीका घटना भएका र विपद्मा परी १० जना घाइते भएका छन्।

News by वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ विपद्का घटना :