चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1077 of 1115
  • 2026-10-15
  • 19:11:00
  • बिहिबार,आश्विन २९, २०८३

About Author

यसपटक जनताले पार्टीमात्र हेरेर भोट हाल्दैनन् : रामकुमारी झाँक्री

बुटवल– नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा जनताले मत दिने बेलामा पार्टी मात्रै नहेर्ने बताएकी छन्। बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले उम्मेदवार र एजेण्डालाई हेरेर जनताले मत दिने तर्क गरिन्। नेकपा एमालेले ल्याएका पानी जहाज, रेलजस्ता मुद्दामा जनता नअल्मलिने भन्दै उनले स्थानीय माग र आवश्यकताका एजेण्डा ल्याउने दल र उम्मेदवारलाई यसपटक जनताले मत दिने दावी गरिन्। एमाले नेता गोकर्ण विष्टको नाम नलिई उनले गुल्मी–२ मा पटक पटक चुनाव जिते पनि त्यहांको विकास र जनताको माग सम्बोधन हुन नसकेको बताइन्। गुल्मी–२ ले नयाँ अनुहार खोजेको झाँक्रीको दावी छ। ‘जनताले पार्टी मात्र हेरेर भोट हाल्दैनन्, आफ्ना माग र एजेण्डा बोक्ने उम्मेदवारलाई भोट दिन्छन्’, उनले भनिन्, ‘जनताले परिवर्तन खोजेका छन्।’ मुलुकको हितको लागि गठबन्धन आवश्यक रहेको झाँकीले तर्क गरिन् । ‘विश्वका अन्य देशमा पनि गठबन्धन संस्कृति छ, नेपालमा पनि सफल हुन्छ’, नेता झाँक्रीले भनिन्।

News by यसपटक जनताले पार्टीमात्र हेरेर भोट हाल्दैनन् : रामकुमारी झाँक्री :